काठमाडौं
पछिल्लो केही दिनदेखि चलचित्र ऊनको स्वीटरको ‘काफ्ले’ गीत चर्चामा छ ।
फरक शव्द संगीतमा रहेको गीत झट्ट सुन्दा उत्ताउलो जस्तै लागेपछि गीत मौलिक र सुमधुर छ । गीत सार्वजनिक भएको हप्तादिन नपुग्दै युट्युवमा १६ लाख पटक हेरिएको छ । टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।
यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीतले प्रदर्शन अगावै दर्शकको मन जितेको हो ।
झुमा लिम्बु र सुजन चापागाईंको स्वर रहेको गीतमा झुमाकै सङ्गीत र युवराज काफ्लेको शब्दले सजिएको यस गीतको चर्चाका कारण चलचित्र ऊनको स्वीटर निर्माण पक्षलाई चलचित्रको प्रचार प्रसारमा फाइदा नै पुगेको छ ।
चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको छन् । चलचित्रमा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन् । यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन् ।
प्रतिक्रिया