म टेलिभिजनमा एउटा सामान्य कलाकार हुन आएको मान्छे हुँ
ललितखबर
हास्य कलाकार जितु नेपाल । टेलि चलचित्रमा लामो समयसम्म मुन्द्रेको भूमिकामा अभिनय गरे । टेलि चलचित्रको मुन्द्रे पात्रकै रुपमा उनी सधैंभरि चिनिदै आएका छन् ।
राजधानीमा एक अन्र्तवार्तामा कलाकार नेपालले आफू भाग्यमानी कलाकार भएको भन्दै आफ्नै प्रशंसा गरेका छन् । उनले आफू सबैसँग सम्मान गर्ने, इमानदार भएर मेहनत गर्ने र साधारण रुपमा प्रस्तुत हुने भन्दै आफ्नो बखान गरे ।
पछिल्लो समय चर्चित हिरोइनसँग काम गर्न पाउनु बम्पर उपहार जस्तो भएको तर्क गरे । भने, ‘म टेलिभिजनमा एउटा सामान्य कलाकार हुन आएको मान्छे हुँ ।’ उनले आफूसँग सबै हिरोयनहरु काम गर्न उत्सुक रहेको बताए ।
अभिनेत्री बर्षा सिवाकोटीले नेपाल मेहनती र इमानदार कलाकारको रुपमा चिनेको बताउछिन् । कलाकार नेपालले सधै सहकर्मी कलाकारलाई मोटिमेट गर्ने भन्दै प्रशंसा गरेकी छिन् ।
कलाकार नेपालका चलचित्र ज्वाइँ सापले गएको दशैंमा राम्रै वक्सअफिस कलेक्सन गरेको छ ।
छक्का पञ्जा टिमसँग अनुबन्धित भएर ठूलो पर्दामा डेव्यु गरेका कलाकार जितु नेपाल पछिल्लो केही बर्षदेखि ‘हिरो’को रुपमा चलचित्रमा देखिए । होचो कद र चेलिचलचित्रको एउटा सामान्य कलाकार ठूलो पर्दाको हिरोको भूमिकामा देखिने भएपछि अनेकौं टिप्पणी भयो ।
उनले चलचित्र क्षेत्रमा सर्वाधिक रुचाइएका समाज्ञी राज्यलक्ष्मी शाह, बर्षा राउत, बेनिसा हमाल र नीति शाहसँग जोडीको रुपमा अभिनय गरिसकेका छन् ।
चलचित्र कसाङ, ज्वाइँ साप, ह्यारी कि प्यारीजस्ता चलचित्रमा उनको भूमिकालाई लिएर राम्रो चर्चा भयो । पर्दामा हिरोइनसँग रोमान्सको विषय भन्दा पनि पात्रको चरित्रलाई न्याय गर्नसक्ने कलाकारको रुपमा उनी देखिएका छन् ।
उनले टेलिभिजन शो मुन्द्रेको कमेडी क्लव समेत चलाए । त्यसताका कमेडी शोको राम्रै चर्चा बटुल्न सफल भएको थियो ।
भर्खरै कलाकार नेपाल बर्षा सिवाकोटीसँग जोडी भएर कार्की साइँला चलचित्रमा अनुबन्धित भएका छन् ।
प्रतिक्रिया