ललितपुर । नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भइ हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षीय जानकी न्यौपाने रहेकी छन् । उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी थिइन् । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा काठमाडौँको त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरिएको हो । उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
प्रतिक्रिया