१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाभोज’को टिजरमा सहकारी काण्ड !



काठमाडौं

सहकारी काण्डको संवाद रहेको चलचित्र ‘महाभोज’को टिजरमा सार्वजनिक भएको छ ।

चलचित्रको टिरमा अभिनेता दायाहाङ राईलाई सहकारीको अध्यक्षको भूमिकामा रहेको बुझ्न सकिन्छ । अभिनेता राई ‘सबै पैसा सहकारीमा कहाँ राखिन्छ’ भन्ने संवाद बोलेका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति–पत्नीको रूपमा देखाइएको छ । एकाविहानै वावुसँग पैसा माग्ने विषयका मतान्तर भइरहेको संवादले चलचित्र सहकारीको लफडाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

टिजरमा अभिनेता द्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद छ – “गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ !“ यस संवादले पनि चलचित्रमा द्वन्द्व र लफडाको श्रृखला रहेको प्रष्ट हुन्छ ।

टिजरमा घरमा खुकुरी लिएर प्रवेश गरेको दृश्य र मोटरसाइकल जलिरहेको दृश्यले चलचित्रभित्रको गम्भिर मोडहरु दर्शाउछ । अभिनेत्री गौमाया गुरुङ, जो दयाहाङकी पत्नीको भूमिकामा छिन्, पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिन्छिन् ।

अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ । ‘महाभोज’ को निर्देशन दिनेश राउतले गरेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।

 

क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । चलचित्र गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गतेबाट प्रर्दशन सुरु हुँदैछ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।