१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखरापुरमा श्रीमती र छोराछोरीमाथि खुकुरी प्रहार गरी फरार तामाङ नुवाकोटबाट पक्राउ



काठमाडौं । काठमाडौंको सानागाउँमा श्रीमती र छोराछोरीमाथि खुकुरी प्रहार गरेर भागेका व्यक्ति पक्राउ परेका छन् । रामेछापको खाँडादेवी घर भइ शंखरापुर नगरपालिका ९ सानागाउँमा डेरा बस्दै आएका पदमबहादुर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आइतबार राति उनले खुकुरी प्रहार गरी श्रीमती पुतली तामाङको हत्या गरेको आरोप छ। यस्तै खुकुरी प्रहारबाट ११ वर्षका छोरा र १० वर्षकी छोरी पनि घाइते भएका छन्। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। पुतलीको भने त्यसै बेलुका मृत्यु भएको हो।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।