१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


खगेन्द्र र उपासनाको अनस्क्रिन रोमान्स



 

चलचित्र ‘के घर के डेरा : घर नं २’ का गीतमा खगेन्द्र र उपासना को अनस्क्रिन रोमान्स झल्केको छ ।

भर्खरै सार्वजनिक गीतमा अभिनेता खगेन्द्र लामिछानेले अभिनेत्री उपासनाको आँखाको बयान गरिरहेका छन् ।
गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एकअर्काप्रति देखिएको प्रेम देख्न सकिन्छ । जसमा चलचित्रका केही फुटेज समावेश छन् ।

जेठ २ गते प्रर्दशन हुने चलचित्रको निर्माणपक्षले मंगलवार ‘आँखा’ बोलको गीत सार्वजनिक भएको हो ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत रहेको छ ।

चलचित्र ‘के घर के डेरा ः घर नं २’ सोसल ड्रामा हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनको पहिलो चलचित्र हो ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको चलचित्रमा छायांकन रहेको छ । ‘के घर के डेरा ः घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।