काठमाडौं
हरिवंश आचार्यद्वारा अभिनय गरेको चलचित्र ‘भूठान’को राजधानीमा प्रिमियर गरिएको छ ।
प्रिमियरमा राजनीतिक दलका नेता, प्रसिद्ध कलाकार, पत्रकार, सम्पादकलगायत विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति थिए ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चलचित्र हेरेपछि राजनीतिक दृष्टिकोणबाट टिप्पणी गरेको सुनिएको थियो । उनले सरकारले भूटानी शरणार्थी समाधान गर्नु पर्ने तर्क गरे । आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको बताए ।
नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पनि चलचित्र हेरेपछि राजनीतिक दृष्टिकोण नै प्रस्तुत गरे ।
अहिले भर्खरै पनि भुटानी शरणार्थीलाई अमेरिकाले डिपोट गरेको प्रसंग उठाउदै भोलि भुटान आएका उनीहरु फेरि भारतको बाटो हुँदै नेपाल आइपुगेको र फेरि गिरफ्तारीमा पुगेको र उनीहरुले भोगिरहेको पीडा छ त्यो उनीहरूको पीडा चलचित्रमार्फतबाट जीवन्त प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।
महामन्त्री शर्माले कथाले साँच्चै हृदय छोएको छ यसले भुटानीको सन्दर्भमा र देश गुमाएका धेरैको सन्दर्भमा कथा बोलेको बताए ।
साम्बाला निर्देशक मीनबहादुर भामले चलचित्र एकदमै रमाइलो लागेको बताए । र उनले आफूलाई चलचित्र एकदमै मन परेको बताए ।
चलचित्र हेर्न पुगेकी गायिका आनी छोइङ डोल्माले चलचित्र हेरेर कुटनीतिक जवाफ फर्काइन् ।
उनले चलचित्र एकदमै राम्रो बनेपनि हाम्रा नेपालीहरूको जनमानसले यो चलचित्रको स्वाद लिन सक्ला कि नसक्ला भन्ने चिन्ता व्यक्त गरिन् ।
अभिनेत्री मनिषा कोइराला पनि प्रिमियरमा सहभागी भएर चलचित्र हेरिन् । चलचित्र हेरिसकेपछि प्रतिकृया दिदै प्राविधिक रूपमा पनि एकदमै राम्रो लागेको बताइन् । उनले मिठो ढंगले कथा भनेकी छिन् ।
नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेल र क्रिकेटर सोमपाल कामीले पनि प्रिमियरमा चलचित्र हेरे ।
उनीहरुले हरिवंश आचार्यको एकदमै राम्रो अभिनय गरेको बताए
निर्देशक अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि चलचित्र हेरेर राम्रो लागेको प्रतिकृया दिएका छन् ।
विनोद पौडेलले निर्देशन गरेको ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र यही वैशाख १२ गते प्रर्दशन हुँदैछ ।
बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।
कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।
प्रतिक्रिया