काठमाडौं
पछिल्लो पुस्ता डिजिटल संसारमा रमाएसँगै त्यसको तलमा फसेपछि गम्भिर समस्यासँग जुधिरहेका छन् । विशेष गरेर वालवालिकामा यसको असर गहिरो देखिएको छ । यही समस्यालाई कथा बुनेर चर्चित निर्देशक यादवकुमार भट्टराईले चलचित्र ‘झिल्को’ तयार पारेका छन् । जुन चलचित्र यही बैशाख १९ गतेबाट देशभर प्रर्दशनको तयारीमा छ ।
सोही चलचित्रको भर्खरै ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ । त्यसपछि, डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ । ट्रेलरमा देखाइएको कथावस्तु स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक – सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ ।
चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया