१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आईसीयू



काठमाडौं । वीर अस्पतालमा ९ सर्जिकल आईसीयू बेड थपिएको छ । ९ बेड थपिएसँगै अब आईसीयूका बेड १ सय १० पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल आईसीयूको उद्घाटन भएको छ । मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए ।

वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।