१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा५७प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौँ सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।