काठमाडौं
काठमाडौं मुड्खु चेकपोष्टमा मोटरसाइकल दुर्घटनामा परेर यात्रुको निधन भएको छ भने चालक घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको निधन भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा भयो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया