१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’खेल’को प्रिमियरको अभिनेत्रीहरुको रमझम



काठमाडौं
बुधबार राजधानीको ठमेलस्थित एक सिनेमा घरमा अभिनेत्रीहरुको भीड थियो ।

 

थियटरबाट चलचित्रको पर्दामा अभिनय गरेका अभिनेत्रीहरु हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम र सुरक्षा पन्तलगायत अभिनेत्रीहरु चलचित्र खेलको प्रिमियरमा सहभागी थिए ।
रंगीविरंगी पोशाकमा सझिएर सहभागी अभिनेत्रीहरुको हातमा बुकी देखिन्थ्यो । सहकर्मी कलाकारहरुले उनीहरुलाई बधाई दिइरहेका थिए । एक आपसमा शुभकामना दिइरहेको दृश्य देखिन्थ्यो ।
उनीहरु चलचित्र हेरेपछि प्रफुल्ल मुन्द्रामा देखिन्थे । एकअर्कामा बधाई साटासाट र फ्यान र फलोअर्सहरुसँग सेल्फी खिच्नमै उनीहरु व्यस्त थिए ।
प्रायः चलचित्रमा पुरुष पात्रहरुको बाहुल्य रहने चलचित्रको प्रिमियरमा अभिनेत्रीहरुको बोलवाला एउटा अनौठो दृश्य थियो । चलचित्रका पात्रहरुमा किरण श्रेष्ठ मात्रै अपवाद बनेर उभिएको देखिन्थ्यो ।
चलचित्रको सहायक पात्रको रुपमा अभिनेत्रीहरुको भूमिका देखिने गरेको नेपाली चलचित्रको यो दुर्लभ उपस्थिती हेर्नलायक थियो ।

प्रिमियरमा चलचित्रको कलाकर्मी, पत्रकारहरूको उपस्थिति थियो ।

प्रिमियरमा भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित थिए अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी थिइन् ।

प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली चलचित्रमा लगाएको बताए । अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बताएको यो चलचित्र सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनी चलचित्रले प्राप्त गरेको प्रतिक्रियाले आफू र ’खेल’ टिम पुलकित भएको बताइन् ।

प्रिमियरमा सुरक्षा पन्त, हेना नगरकोटीलगायत कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको थियो

मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् ।
चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।