१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ट्राफिकले कुटपिट गरेको भिडियोको छानबिन हुँदै



काठमाडौं । सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई निर्घाट कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ । बुधबार बिहानदेखि समाजिक सञ्चालमा चर्चामा रहेको भिडियोमा चार जना ट्राफिक प्रहरी देखिन्छन् जसमध्ये एक ट्राफिकले एक व्यक्तिलाई बुटले किक हानेर ढालेको देखिन्छ ।

भिडिओमा ट्राफिक प्रहरीले ती व्यक्तिको कागजपत्र भुइँमा फ्याल्दै हिँडेको दृश्यसमेत देखिन्छ । सडकमा भीडभाड छ । ट्राफिकले कुटिरहेको ठाउँ नजिक एक सवारी चालक रोकिएका छन् भने सडकमा सवारीको चाप देखिन्छ । सार्वजनिक यातायाताका साधानहरु चलिरहेका छन् भने ‘कीर्तिपुर यातायात’ लेखिएको बस र वरिपरि थुप्रै मोटरसाइकल देख्न सकिन्छ ।

भिडियो काठमाडौं उपत्यकाकै हुन सक्ने अनुमान छ । तर घटना कहिलेको हो र कहाँको भन्ने एकीन नभइसकेको प्रहरीको भनाइ छ ।

उक्त भिडिओ सामाजिक सञ्जालमा आएपछि धेरैले प्रहरीको व्यवहारलाई लिएर आलोचना गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ५ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।