काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०१-०१-००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका २९ वर्षीय सुरज राईलाई काठमाडौं बालाजु बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया