१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढुंगेअड्डामा गुड्दै गरेको बसमा आगलागी



काठमाडौं । काठमाडौं ढुंगेअड्डामा सडकमा गुड्दै गरेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोटको मूल सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ। यात्रु भने सकुशल रहेका छन्।

बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  २ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।