काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् ।
कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’
डिभोर्सकै कुरामा अल्झिए बस्न उचित नहुने उनको भनाइ छ । ‘डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्यो त्यस्तो गर्यो भन्ने त्यो चाहिँ हुनुहुँदैन’ उनी भन्छिन् । बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ ।
‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।
प्रतिक्रिया