१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लेले बसपार्कबाट लागूऔषधसहित युवक पक्राउ



ललितपुर । गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषधसहित युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती गाउँपालिका-१ मानिखेल घर भइ ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने २४ वर्षीय उमेश संजेल रहेका छन् ।

ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ५५ ट्याब्लेट र स्टागन ३० ट्याब्लेटसहित प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले प्रदेश ०३-०२-००४ प ७३५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।