काठमाडौं
पछिल्लो समय चलचित्र ‘जार’को प्रचारको लागि गीत ‘ए ठूली’ सार्वजनिक गरिएको छ ।
गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री गिताञ्जली थापालाई लिम्बु भेषमा देखिन्छन् । प्रेमिल गीतमा ग्रामिण परिवेस र परम्परागत जीवनशैली रहेको छ ।
गीतलाई चलचित्रको कथा भन्ने सिनेमेट्रिक लिवर्टीको मिठो नमूनाको रुपमा प्रस्तुत गरिएको छ ।
झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।
थीगमा सुन्दर परिकल्पना गर्दै प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको बुझ्न सकिन्छ ।
चलचित्र ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर बनेको चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।
इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २ सय २५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाले बताएका छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।
प्रतिक्रिया