१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा विद्युत् सर्ट भएर सिद्विनगर रामहिटी र ढुङ्गेअड्डामा आगलागी



काठमाडौं
राजधानी काठमाडौंमा विद्युत् सर्ट भएर सिद्विनगर रामहिटी र ढुङ्गेअड्डामा आगलागी भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ सिद्विनगर रामहिटीमा विद्युत् सर्ट भएर कोठाको सरसामान जलेको छ भने ढुङ्गेअड्डामा बस जलेको छ ।
काठमाडौं महानगरपालिका–६ सिद्विनगर रामहिटी चोक डेरा गरी बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका–६ घर भएकी मिना लामाको कोठामा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटस्थित सडकमा बा.प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।