अभिनेत्री सुरक्षा पन्त बेला बेलामा विवादास्पद विषयमा बोलेर विवादमा आउने गरेकी छिन् ।
अभिनेत्री पन्तले एक सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रममा नजाने घोषणा गरिन् । सो टेलिभिजन कार्यक्रममा विवादित बन्नु परेको पिडा पोखेकी अभिनेत्री पन्त पछिल्लो समय सोही कार्यक्रममा लाजै पचाएर देखिएकी छिन् ।
आफैले नजाने भनेर बोलेकी अभिनेत्री पन्तलाई प्रस्तोता सुवेदीले घुमाउरो पारामा ‘ नआउने भनेर ठूलो कुरा गर्नुहुन्थ्यो । आखिर यही कार्यक्रममा आउनु प¥यो त ?’ भनेर सोधे । अभिनेत्री पन्तले अध्यारो मुख लगाएर लाज पचाएर भनिन्, ‘के गर्नु दाई चलचित्रको प्रचार गर्नु छ’ ।
पछिल्लो समय सोही कार्यक्रममा पुर्व नवयुवराज पारस शाहलाई चलचित्रमा अभिनेता बनेर खेल्न सुझाव दिएको अंश सामाजिक सञ्जालमा भाइरल छ । सो विषय भाइरल मात्रै छैन, उनलाई अपशव्द लेख्र्दै राजतन्त्र समर्थकले गालीको बर्षा नै गरिरहेका छन् ।
बैद्धिक अभिनेत्री भन्दै चलचित्र क्षेत्रमा प्रशंसा पाएकी सुरक्षाको पारा अचम्मको छ । उनले आफू सेलिब्रेटी रहेको भुलेर पनि यस्ता विवादास्पद भनाई राख्नु हुन्नथ्यो ।े यसरी बोल्दा आम नेपालीको आक्रोस आउछ भन्नेसम्म ख्याल छैन र उनलाई ? पछिल्लो समय राजतन्त्र पक्षधरहरुको आक्रोस बढिरहेको बेला कलाकार सम्हालिनु पर्छ भन्ने कुरा बौद्धिक अभिनेत्रीलाई बुझाउनु पर्ने हो ।
आज मन नपरेको ‘कलाकारलाई बहिस्कार गरौं’ भन्ने समाज निर्माण भइरहेको छ । चलचित्रको प्रचार गर्ने बेलामा विवादको शिकार बनेर चलचित्र बहिस्कार गर्ने आवाज सुनिनु राम्रो होइन । त्यसैले चलचित्रको प्रचार गर्दा होस पथ्र्यो । यसरी नसोची बोल्दा आफू मात्रै होइन चलचित्रका निर्माता पनि ऋणमा चुर्लुम्म डुव्लान् है ।
सार्वजनिक ठाँउ र सञ्चारमाध्यममा बोल्दा समालिएर बोल्नुपर्छ है भन्ने कुरा सेलिब्रेटीले त झन् ख्यालै गर्नुपर्ने हो । कहिले काँही बोली चिप्लिदा त यतिको आक्रोश भेटिन्छ भने जानेर बुझेर पनि विवादित कुरा बोल्दै हिड्दा अप्ठ्यारोमा परिएला । राजनीतिको नाममा सबै क्षमा हुने देशमा एउटा कलाकारलाई भवितव्य नहोस् ।
अभिनेता हरिबंश आचार्य, प्रकाश सपुतपछि अब हाम्रै समाजभित्र ‘सुरक्षा पन्तको चलचित्र पनि बहिस्कार गर्नुपछर्’ भन्ने आवाज सुनिएको छ ।
त्यसैले अभिनेत्री सुरक्षा ‘बोल्दा प्याच्च नबोल्नु, बस्दा थ्याच्च नबस्नु’
प्रतिक्रिया