१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रहरू ‘खेल’ र ‘भूठान’को देशभर प्रदर्शन सुरु



काठमाडौं
सधैं झैं आज शुक्रबारबाट देशभर नयाँ चलचित्रहरु प्रर्दशन सुरु भएका छन् । आज दुई नेपाली चलचित्रहरू ‘खेल’ र’भूठान’ प्रदर्शनमा आएका हुन् ।

दुबै चलचित्रहरु फरक चलचित्र रहेको खुलेको छ । गत मंगलबार भूठान र बुधबार खेलको प्रिमियरपछि चलचित्रमा फरक प्रयोग रहेको खुलेको हो । चलचित्रमा सहभागी कलाकार र शुभचिन्तकहरुले चलचित्र राम्रो भएको प्रतिकृया दिएका छन् ।

चलचित्र भूठान भुटान सरकारले देश निकाला गरेर नेपालमा शरणार्थी जीवन विताउदै अमेरिका पुर्नबास पुगेको एक पात्रको कथामा आधारित चलचित्र हो । चलचित्रमा आफ्नो जन्मभूमि जान नपाउनुको पिडा मात्रै छैन । अमेरिकी जीवन भोग्नेहरुलाई पारेको प्रभाव देखाइएको छ । अमेरिकामा बसोबास गरिरहेका युवा युवतीहरुको पश्चिमा जीवनशैलीको प्रभाव र त्यहाँको धर्म संस्कृतीका कारण हुने झमेला देखाइएको छ ।

चलचित्र ‘भूठान’मा हरिवंश आचार्यको प्रमुख भूमिकामा छन् भने हलिउडका प्रख्यात अभिनेता ब्रुस डर्नको विशेष भूमिका छन् । चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेनलगायत कलाकारको अभिनय छ ।

निर्देशक विनोद पौडेलको निर्देशनमा बनेको यस व्यावसायिक भन्दा पनि फरक धारको चलचित्र हो । केही बर्ष पहिले उनले निर्देशन गरेको ‘बुलबुल’बाट चर्चा कमाएका थियो ।

चलचित्र ‘खेल’ राजधानीका मन्दिर र ऐतिहासिक पृष्ठभूमिका यहाँ प्रयोगमा रहको तान्त्रिक शक्तिको प्रयोगलाई लिएर निर्माण गरिएको मिथिकल सस्पेन्स थ्रीलर जनराको चलचित्र हो ।

साधारण दर्शक भन्दा भिन्न खाले चलचित्र मन पराउने वर्गका लागि रुचिकर लाग्ने यस चलचित्रमा अभिनेत्रीहरु सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा र सरिता गिरीलगायतको अभिनय हेर्न पाइनछ ।
चलचित्रमा पुरुष पात्रहरु भोलाराज सापकोटा, किरण श्रेष्ठ सहायक भूमिकामा देखिएका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।