काठमाडौं
पछिल्लो समय चलचित्रको प्रचारलाई नयाँ शैली अपनाउन थालिएको छ । चलचित्र ‘ऊनको स्वीटर’को टिम प्रचारका लागि साङ्गीतिक टोली सहित देश दौडाहामा लागेको छ ।
चलचित्रको निर्माण पक्षले ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा सुजनसँगै चलचित्रका प्रमुख कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहान सहभागी हुने भएका छन् ।
पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ’ऊनको स्वीटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ’काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् ।
त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश छ ।
त्यसैगरी, धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ’ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।
हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् ।
आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो । चलचित्रको ट्रेलर वैशाख १६ गते साँझ ४ बजे गर्ने निर्माण पक्षको तयारी छ ।
प्रतिक्रिया