१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आन्दोलनमा चिकित्सकः समस्यामा बिरामी



काठमाडौं । आन्दोलनरत चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सेवा बन्द गरेपछि बिरामीहरू समस्यामा परेका छन् । बिहीबार नै विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको थियो ।

त्यहीअनुसार इमर्जेन्सी मात्र खुलेपछि बिरामी मारमा परेका हुन् । वीर अस्पतालमा आएका बिरामी सेवा अवरुद्ध भएपछि अलपत्र परेका छन् । निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरूले माग राखेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।