१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बनेपामा नवदुर्गा जात्रा



काभ्रेपलाञ्चोक
ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा मनाइँदै छ । शुक्रबारदेखि तीन दिनसम्म मनाइने जात्रामा विशेषगरी भैरव (देवगण)को ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । शुक्रबार बनेपा बजारको विभिन्न मन्दिरमा पूजाअर्चना गरी जात्रा सुरू गरिएको हो ।

जात्राका क्रममा विशेषगरी साँझपख सहरका डबलीहरूमा श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने गर्छन् । जात्राको अन्तिम दिन देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा समापन गरिन्छ ।

जात्रा–संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने मान्यता छ । नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाको डबलीहरुमा नृत्य देखाउने गरेका हुन् ।
नवदुर्गाको आगमन हुँदा नगरका स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजाअर्चना गरेका थिए । यस क्रममा श्रद्धालु भक्तजनले पञ्चबलि दिने, नवदुर्गा देवगणलाई भोजन गराउने काम हुने स्थानीय कान्छामान रञ्जितले बताएका छन् ।

बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरुको नाच हेर्न स्थानीयको ठूलो भीड लाग्ने गर्दछ । जात्राका क्रममा श्वेतभैरवले मान्छेरुपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहन्छन् ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहँदै आएको छ । यस्तै बनेपामा जात्रा सकिएपछि नवदुर्गा पनौती जाने मान्यता छ । रञ्जितका अनुसार नवदुर्गा जात्राको मुख्य आकर्षण ‘ङा लाकेगु’ अर्थात् माछा मार्ने जात्रा हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत हुने गर्दछ ।

माछा मार्ने जात्रा सुरू हुनुअघि वरपर पैसा (दक्षिणा) माग्ने प्रचलन रहेको छ । त्यपछि ङा–लाकेगु अर्थात् माछा मार्ने जात्रा प्रारम्भ हुने गर्दछ । यो जात्रामा पहिला ‘दुम्ब’ ले ङा लाकेगुअर्थात् माछा मार्ने जात्रा गर्दछ । यो जात्रा हुँदा जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने गर्दछन् । यसरी लखेट्दा दुम्बदे समात्यो भने दशा लाग्छ भन्ने जनविश्वास पनि रआिएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।