१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित गायक सुजन चापागाईँसँग पोखरेली दर्शकको रमझम



 

पोखरा

चर्चित गायक सुजन चापागाईँसँग पोखरेली दर्शक झुमेका छन् ।
नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार अभियानलाई सघाउन गायक चापागाईँ शुक्रबार साँझ ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’मा मिठा मिठा गीत सुनाए ।

पोखराको फेवा ताल किनारमा हजारौँ दर्शकबीच गायक चापागाँईले ऊनको स्वीटर का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे ।

शुक्रबार नै प्रसिद्ध लोकगायक स्व. झलकमान गन्धर्वको ९०औँ जन्म जयन्तीको सन्दर्भमा उनले झलकमानलाई समर्पित विशेष प्रस्तुति समेत दिएका थिए । झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरूसँग उनले ‘बाला जोबन’ गीत गाएका थिए ।
कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली लगायत सहभागी रहेको कार्यक्रममा दर्शकको भीड थियो ।

वैशाख २६ गते नेपालसहित संसारभरका चलचित्र भवनहरुमा प्रर्दशन हुने चलचित्र ‘ऊनको स्वीटर’ मा विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा छन् । यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।