१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चल्दैनन् अनमोलका चलचित्र, तैपनि आर्कषण, किन ?



 

काठमाडौं

नेपाली चलचित्रका लागि सर्वाधिक महँगो पारिश्रमिक लिने अभिनेता अनमोल केसीका पछिल्ला चलचित्र खासै चल्दैनन् । छड्के २ उनको सुपरफ्लप चलचित्रको रुपमा बक्सअफिसमा बदनामी कमायो । पछिल्लो चलचित्र ‘फर्की फर्की’को व्यापार आँकडा पनि सुखद थिएन ।

तर पनि चलचित्र क्षेत्रमा उनको आर्कषण कम छैन । उनको भाउ ५० लाख भन्दा कमको छैन । उनी एउटा फिल्म खेलेको दाम नै ५० लाख लिने गरेको चर्चा छ । तर जति उनलाई तिरे पनि उनले निर्माताको खल्ती भर्न सकेका छैनन् ।

तर उनैलाई फिल्म खेलाउन निर्माता तथा निर्देशक मरिहत्ते गर्दै आएको देखिन्छ ।

चलचित्र नचले पनि अनमोल केसी भने फुर्सदमा बस्नु परेको छैन । उनले यो चलचित्र ‘फर्की फर्की’ प्रर्दशनलगत्तै अर्को चलचित्र ‘जेरीः अन टप’को छायांकनमा जुटे । मोटै रकम लिएर यो काम गरेका उनले अझै काम सकेका छैनन् ।

यो फिल्मको सबै काम नसकिदै उनलाई अर्को चलचित्रमा अफर आएको चर्चा छ । प्रदर्शतरत चलचित्र ‘पिताम्बर’की निर्देशक कृषा चौलागाइँ र निर्माता तथा छायांकार पुरुषोत्तम प्रधानबीच भेटेर छलफल गरेका छन् । उनीहरुबीच नयाँ चलचित्रको सहकार्य गर्न लागेको चर्चा छ । सम्भवत ः उनी प्रदर्शनरत चलचित्र ‘पिताम्बर’को सिक्वेलका लागि खेल्नेछन् ।

यसै वर्षको फागुनमा प्रदर्शन गर्ने गरि निर्माण पक्षले काम थालेको छ ।

उता घरकै व्यानरमा बन्न लागेको चलचित्रमा समेत उनी अनुबन्धित हुने पक्का छ । उनका बुबा भुवन केसी पनि नयाँ चलचित्र निर्माणमा जुटेका छन् । उनी चलचित्रको लोकेशन लागि ठाउँ ठाउँमा पुगिरहेका छन् ।

अनमोलको चलचित्रले व्यापार नगरे पनि चलचित्र क्षेत्र अनमोलमय बन्ने देखिएको छ । जे होस् चलचित्र चले पनि नलचे पनि काम पाइराख्नु त राम्रो हो । कमसे कम नेपाली चलचित्र चलायमान त बन्छ ।

निर्माताले नकमाए पनि प्राविधिक र कलाकारले गरि खान पाएकै छन् । कि कसो ?

 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।