२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ



काठमाडौं । ठगी आरोपमा पूर्वप्रहरी हवल्दार दिपेन्द्र सिंह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रहरी हवल्दार सिंहलाई सोमबार राति ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको हो । उनले यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा सामाजिक सञ्जालबाट चिनजान भएका एक व्यक्तिबाट ३६ लाख ठगी परेको आरोप छ ।

जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय सिंहविरुद्ध सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरमा जाहेरीसमेत रहेको बताइएको छ । पूर्व प्रहरी हवल्दार सिंहले नेपाली सेनामा भर्ती गरिदिन्छु भनेर ४ लाख र नेपाल प्रहरीमा भर्ती गरिदिन्छु भनेर १० लाखसमेत ठगी गरेको पाइएको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।