काठमाडौं
नेपाली कला क्षेत्रका मिजासिला कलाकार हुन्, केदार घिमिरे ‘माग्नेबुढा’ । हरेक संवादमा ठट्यौली मिसाएर बोल्ने उनको खुबीले हुनसक्छ, उनको टिप्पणीलाई सबैखाले दर्शकले रुचिपुर्वक हेर्ने सुन्ने गर्छन् ।
राजधानीमा मंगलबार आयोजित चलचित्र पिताम्बरको सेलिब्रेटी शो कार्यक्रममा कलाकार ‘माग्नेबुढा’ले हेरेपछि निर्देशक कृषा चौलागाईसहित कलाकारहरुको कामको प्रशंसा गरे ।
स्टार कलाकारहरुको भीड रहेको यस चलचित्र हेरेपछि उनले भने, ‘कलाकार त एक ट्रक नै हुनुहँुदो रहेछ । सबैको काम एकदम राम्रो लाग्यो ।’
श्रीमान् केदार घिमिरेसँगै चलचित्र हेर्न पुगेकी कलाकार सीतादेवी तिमिल्सेना पनि चलचित्र हेरेपछि प्रसन्न मुन्द्रा देखिएकी थिइन् । भनिन्,‘ एकल महिलालाई भएको समस्याहरु उठान गरेको रैछ राम्रो लाग्यो ।’
अभिनेता तथा निर्देशक सोभित बस्नेतले पनि चलचित्रको तारिफ गरे । उनले सौगात मल्ल,प्रमोद अग्रहरीको कामलाई सलाम गर्न मन लागेको बताए ।
कलाकार दीपक आचार्य (काकु)ले निर्देशक कृषा चौलागाईको कामको प्रशंसा गरे । उनले महिला निर्देशकले बनाएको दमदार एक्सन चलचित्र नेपालमा पहिलो पटक बनेको तर्क गरे ।हास्यकलाकार राजाराम पौडेल पनि चलचित्र हेरेर प्रफुल्ल थिए । सबै कलाकारल राम्रो काम गरेको उनको भनाई थियो ।
चलचित्रमा सौगात मल्ल,सुरक्षा,प्रदीप खड्का, दयाहाङ राई, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि,कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।
गत चैत २९ गतेबाट नेपालका चलचित्र भवनहरुमा प्रदर्शन सुरु भएको थियो । अझैं केही हलहरुमा चलचित्र प्रर्दशन जारी रहेको निर्माण पक्षले जनाकारी दिएको छ ।








प्रतिक्रिया