२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रज्ञाको आँगनमा गायक सुजनको मिठो प्रस्तुती



काठमाडौं
राजधानकिो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको आँगनमा चर्चित गायक गायक सुजन चापागाईँले मिठो प्रस्तुती दिएका छन् ।

गोधुली साँझमा प्रज्ञाको आँचनमा चलचित्र क्षेत्रका नाम चलेका कलाकारहरु उनको प्रस्तुती सुन्न उपस्थित थिए । अभिनेत्री मिरुना मगर, अञ्जना बराइली, परिक्षा लिम्बु,विपिन कार्कीसँगै उपसभामुख इन्दिरा रानामगर,सांसदहरू सुहान नेम्वाङ, अशोककुमार चौधरी, सोविता गौतमहरू पनि सहभागी भए ।

गायक चापागाईले ’लजाएर एक्लै किन बसेकी मायालु’, ’गाला पुक्क’,‘फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र, ’एक्लै भएँ नि’ ’फूलथुंगे रानी’ , ’मखमली’ र ’काफ्ले’लगायत गीत सुनाएका थिए ।
सुजनको सुमधुर गीतसँगै दर्शकहरु मोवाइलको लाइट बालेर हात हल्लाउदै साथ दिएको देखिन्थ्यो । सुजनलाई गायनमा गायिका सलिना विकले साथ दिएकी थिइन् ।

करिब दुई वर्षपछि लाइभ कन्सर्टमा फर्किए सुजनले यही वैशाख २६ गते विश्वव्यापी प्रिदृशनको तयारीमा रहेको चलचित्र ’ऊनको स्वीटर’को प्रचार अभियानलाई साथ दिदै सो कन्सर्ट आयोजना गरेका हुन् ।

सुजन चापागाईँ एन्ड इन्फिनिटी साङ्गीतिक टिममा सुजनसँगै सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जनले वाध्य सामाग्री बजाएर साथ दिएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।