२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको श्री न्यु वीआर इन्टरप्राइजेजलाई २० हजार जरिबाना



काठमाडौं । ललितपुर महानगरपालिका–२० को श्री न्यु वीआर इन्टरप्राइजेजलाई खरिद बिलबिजक नराखेको पाइएपछि २० हजार जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त जरिबाना गरेको हो ।

यस्तै अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२ को कजरिया रमेश टायल्स लिमिटेडलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ८५ हजार जरिबाना गरिएको छ।

काठमाडौं महानगरपालिका–६ को सान्वी एन्ड रिंकु हार्डवेयरलाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि ५० हजार र गोकर्णेश्वर नगरपालिका–५ को एनए सप्लायर्सलाई आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २० हजार गरी ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।

कारबाही गरिएका ४ उद्योगमध्ये २ लाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम र २ उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) को कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (घ) को कसुर र सोही एनको दफा ३९ को १ (क) अनुसार कारबाही गरिएको विभागले जनाएको छ । यस्तै विभागले अनुगमन गरेकामध्ये ३ उद्योगलाई सामान्य निर्देशन दिएको छ भने ४ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।