१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कोटेश्वरमा चलचित्र ‘बिगुल’ टिमले ठोक्यो क्ल्याप



काठमाडौं
राजधानीको कोटेश्वरमा चलचित्र ‘बिगुल’ टिमले क्ल्याप ठोकेर शुभमुहूर्त सम्पन्न गरेको छ । आज विहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा प्रदिप श्रेष्ठले क्ल्याप ठोेकेर चलचित्रको शुभमुहूर्त गरेका हुन् ।
शुभमुहूर्तको अवसर पारेर नेपाल सांस्कृतिक महासंघ बागमति प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरे । मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् । अभिनेता नरेनले संवाद बोलेका थिए भने अभिनेत्री बेनीशाले एक जोडी परेवा उडाइएकी थिइन ।
रमेश कोइरालाको निर्देशनमा बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’ को मुहूर्त सटमा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले अभिनय गरेका थिए ।
दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा,सम्वाद रहेको चलचित्र शिब ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमामा निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नरेन र बेनीशाका साथमा नीर शाह,रमेश बुढाथोकी,गीता अधिकारी,हेमन्त बुढाथोकी,जेएन घिमीरे,सुमोद भारद्वाज,बिनयराज पौडेल,सुपा खनाल,बबि भारती,तुलसी लम्साल,जयन्त रेग्मी,बिकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले अभिनय गर्दैछन् ।
बैशाख तेश्रो साताबाट चितवनबाट सुटिङ सुरु गरिने चलचित्रका गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् ।
मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी,त्रिभुवन बिश्वबिद्यालयका पूर्व सहायक डिन बिष्णुहरि कोइराला,नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मी बिलास कोइराला,चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, निर्देशक ऋषि लामीछानेलगायतका ब्यक्ति उपस्थित थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।