भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीस्थित स्थानीय रमेश लागेले संचालन गरेको आर. एल. फर्निचरमा आगलागी भएको छ । वायरिङ् गर्ने क्रममा आगोको झिल्का प्लाइमा सल्केर आगलागी भएको हो । आगलागीबाट त्यहाँ राखिएका काठ तथा प्लाईहरु, दराज–१, टिभी र्याक–१, किचन र्याक–१, बाइक वास गर्ने मेसिन, कम्प्रेसर मेसिन–१, खाट–६ वटा पूर्णतः जलेर क्षति पुगेको छ । जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरको दमकलले झण्डै एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा लिएको थियो ।
१७ बैशाख २०८२, बुधबार
98
Shares







प्रतिक्रिया