२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला



काठमाडौं
नेपाली चलचित्र ‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला भएको छ ।
आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस चलचित्रको लागि देशभरका हलहरूमा अग्रिम टिकट बिक्री सुरु गरिएको हो ।

चलचित्रमा वालकलाकार आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको यस चलचित्रमा अभिनय रहेको छ
वालकलाकार आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेको देखाइएको छ ।
यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताए ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।