सिक्किम
चलचित्र ’जार’को सिक्किममा ग्राण्ड वल्र्ड प्रिमियर सम्पन्न भएको छ । चलचित्रको निर्माण पक्षका अनुसार सिक्किम गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
चलचित्रको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामा, अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहित सहभागी भए । अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रीमियरमा देखिएकी थिइनन् ।
प्रिमियर कार्यक्रममा सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा, सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल, नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधानलगायत उपस्थित थिए ।
प्रिमियरमा सहभागी आगन्तुक पाहुनाहरुले चलचित्र उत्कृष्ट रहेको प्रतिकृया दिउका थिए । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । भने, ‘धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ।’
अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै चलचित्र ’जार’ एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए ।
सहभागीहरुले मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसा गरेको सुन्न सकिन्थ्यो । चलचित्र हेरिसकेपछि कलाकारहरुसँग तस्बिर र सेल्फीको खिच्नका लागि आगन्तुक पाहुना पालो पर्खेर बसेका थिए ।
चलचित्रमा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्य पर्दामा आउँदा दर्शकले सिठ्ठी र ताली बजाएका थिए ।
निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको बताए । ’खेलाडीले खेल सकेपछि कस्तो खेल्यो र के सिक्न पायो भन्ने हुन्छ, दर्शक प्रतिक्रियाले उत्साहित छु, वर्षौको मेहनतले सम्मान पाउँदा खुशी छु’, उनले भने ।
अभिनेता द्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई ’जार’ले तृप्त बनाउने बताए
वैशाख २६ गतेबाट चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।
हभागिताका कारण चलचित्र ‘झिल्को’ हेर्ने दर्शककको आर्कषण रहेको तर्क गरे ।
चलचित्र ‘झिल्को’ आज शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।








प्रतिक्रिया