२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नुवाकोटमा प्रदर्शन, फोहोर बोकेका गाडीहरू बाटोमै रोकिए



काठमाडौं । माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् ।

काठमाडौं उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरू तिन पिप्लेमै रोकिएक छन् । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन्।

अहिले तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।