२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, महिलाको मृत्यु



काठमाडौं । सानेपामा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बाइकमा सवार अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ।
ना ६ ख ४६२४ नम्बरको ट्रकमा पछाडिबाट आएको ग प ३, ०४२३ नम्बरको बाइक ठोकिँदा बाइकको पछाडि बस्ने अन्दाजी ४० वर्षीय महिलाको निधन भएको हो।
दुर्घटनाको कारण र मृत्यु हुनेको पहिचान खुलिसकेको छैन। प्रहरीले ट्रक चालक र बाइक चालकलाई नियन्त्रणमा लिएको छ। पछाडिबाट तीव्र गतिमा आएको बाइक ट्रकको नजिकै गएर एक्कासी रोकिँदा महिला उछिट्टिएर ट्रकको टायरमुनि परेकी थिइन्।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।