काठमाडौं । काठमाडौं महानगरपालिका–२० परोपकार पुलमुनि एक व्यक्तिको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भइ काठमाडौं डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डल्लुबाट बुधबार पक्राउ गरेको हो ।
उनले १६ वैशाखको दिउँसो साढे ११ बजेतिर चक्कु प्रहार गरी काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका ४२ वर्ष जतिका माइला भनिने विक्रम तामाङको हत्या गरेको आरोप छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको सोही दिन सवा १२ बजेतिर उनको मृत्यु भएको थियो ।







प्रतिक्रिया