२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘के घर के डेरा : घर नं २’को ट्रेलर : घरबेटी र डेरावालको समस्या केलाउदै



 

काठमाडौं

काठमाडौंमा आफ्नै घर हुने घरबेटी अनि डेरामा बस्ने डेरावालको जीन्दगी केलाउदै निर्माण गरिएको चलचित्र ‘के घर के डेरा ः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा ः घर नं २’को ललितपुरमा एक औपचारिक कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।

 

 

ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ ।

घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन् ।

‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सोसल ड्रामामा चलचित्र दिएका निर्देशक खनालको चलचित्र ‘के घर के डेरा ः घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

चलचित्रले घर र डेराबीचको अन्तरको कथा भन्नेछ । घर र डेराबीचको फरक बसाइले जीवनमा पारेको प्रभावको कथा भन्नेछ ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा ः घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन् ।

‘के घर के डेरा ः घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा ः घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।