ललितखबर
विपिन कार्की चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् । चलचित्रलाई फरक धारमा अघि बढाएर दर्शकको माया पाइरहेका अभिनेता विपिन कार्की पछिल्लो समय सुस्ताइरहेका छन् । उनका चलचित्रहरु चलिरहेका छैनन् ।
चलचित्रहरु असफल भइरहेको सन्दर्भमा राजधानीमा पत्रकारहरुले प्रश्न जिज्ञाशा राख्ने क्रममा उनी केही हतास देखिए । केही आक्रोस समेत पोखे ।
एक पत्रकारले चलचित्र असफल हुनुमा तपाई जिम्मेवार हो भन्ने प्रश्न सोध्ने क्रममा अभिनेता कार्कीले भने, ‘चलचित्र चलेन भनेर के म रोइदिउ ? कि पैसा फिर्ता गरिदिऊ ??’ आक्रोसित रुपमा उनी बोलेपछि प्रश्नकर्ताले नरिसाउन सुझाएका थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्रहरु ‘तेलभिसा’ र ‘कर्मा’ प्रर्दशन भए । दुवै चलचित्र व्यावसायिक हिसावले असफल रहे । अघिल्लो चलचित्र आएको ‘एक भागवत एक गिता’को अवस्था पनि राम्रो बनेन । चलचित्रहरु असफल हुँदै गएपछि अभिनेता कार्कीको ओरालो यात्रा सुरु भएको सिने नगरीमा चर्चा छ ।
आफूले अभिनय गरिरहेका चलचित्रहरु निरन्तर रुपमा असफल भइरहेको सन्दर्भमा राजधानीमा सोधिएको एक प्रश्नको उत्तर दिदै चलचित्र असफल हुनुमा आफू मात्रै जिम्मेवार नरहेको बताउदै पञ्छिएका छन् ।
चलचित्र फ्लप हुनुमा सबैभन्दा धेरै जिम्मेवार निर्माता र निर्देशक हुनुपर्ने उनी बताउछन् । उनी प्रर्दशनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’ले व्यावसायिक सफलता पाउनेमा आशावादी रहेको प्रतिकृया दिएका छन् ।
उनले चलचित्र असफल हुनुको दोष चलचित्रको प्रचारका लागि विज्ञापन लिने सञ्चारमाध्यमदेखि लाइट बोक्ने स्पटव्याईसम्मले लिनुपर्ने तर्क गरे ।
कार्यक्रममा उनी निराश अनि हतास मुडमा रहेको उनको भावभंगीले दर्शाइरहेको थियो ।








प्रतिक्रिया