भक्तपुर
पहिलो फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले जित्न सफल भएको छ ।
शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदक सहित भक्तपुरले उपाधि आफूसँगै राखेको हो ।
प्रतियोगितामा दोश्रो मेन रोजो रङ्गशाला भयो । उसले २ स्वर्ण जित्न सफल भयो । १ स्वर्ण २ रजत सहित फाइट क्लब तेस्रो हुन सफल भएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी भने महिला तर्फ अस्मिता दोङ तामाङ भइन भने पुरुष तर्फ सुनिम श्रेष्ठ उत्कृष्ट ठहरिए ।
प्रतियोगिता सुरुवात बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेका थिए । प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा खेल खेलाइएको थियो भने दुई वटा प्रो फाईटको आयोजना गरिएको थियो ।
प्रतियोगितामा भएको दुई प्रो फाइट मा सिरिस भुजु र प्रवीण मोक्तान प्रथम भएका थिए भने विशाल शाही र सुजित गुरुङ दोस्रो भएका थिए ।
यस्तै खेलमा ५१ केजी पुरुष तर्फ सन्जु सुब्बाले स्वर्ण पदक विजय गरेका थिए भने अभिनव थापाले रजत, संम्योग राई र कुशल लामाले कांस्य पदक विजय गरेका थिए ।
५४ केजी पुरुष तर्फ भने स्वर्ण आशिक कोली, रजतजगदिश विश्वकर्मा, कास्यमा तीर्थ तामाङ र सञ्जय तामाङले हासिल गरेका थिए ।








प्रतिक्रिया