२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं क्षेत्रपाटीमा नगद र सुनको सिक्री चोरी



काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीमा चोरी भएको छ । मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो ।

त्यस्तै,सुनसरीको इटहरी उपमहानगरपालिका-७ बज्रा बस्ने भुपनारायण भण्डारीको घरबाट करिब ३ तोला बराबरको सुनका गरगहना र नगद १ लाख रुपैयाँ आइतबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।