२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हटौंडामा गाडी बेपत्ता भएको स्थानमा भू-गर्भ विभागको टोली



काठमाडौं । हटौंडामा गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भू-गर्भ विभागको टोली गएको छ । मंगलबार बिहान हेटौडा पुगेको टोलीले काम सुरु गरेको छ । विभागबाट गएको ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।

विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए ।

गत शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने
ना ४ च ४८३३ नम्बरको सिङ्गल क्याप बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।