२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुगाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर ५ ग्रामसहित इलामको इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.–०३–००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।