२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्साल भाटभटेनीबाट रक्सी, चुरोट चोर्ने पक्राउ



काठमाडौं । काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् । श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए ।
उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
चोरीका सामानहरू
१. ब्लु लेवल १ थान रु.३०,२६४।–
२. ग्लेण्डफिडिच १ थान रु.१६,१९६/–
३. ओल्ड दरबार १ थान रु. ४,७५५/–
४. सूर्य चुरोट – ३० थान रु.१०,२००/–
५. आलमण्ड १५ के.जी. रु.२८,७२५/–
६. पिस्ता ८०० ग्राम १२ थान रु.२३, १९६/–
७. काजु ९०० ग्राम १० थान रु.२०,२३०/–
८. स्याफ्रान २५ थान रु.१३,७००/–
९. फिस वेल ६ थान रु. १९,५००/–

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।