१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


दोलालघाटदेखि पचुवारघाटसम्म रिभर ट्यूबिङ सुरु



काठ्माडौ
काभ्रेकोे दोलालघाटदेखि पचुवारघाट्सम्म रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । रिभर ट्यूबिङको सुरुआतसँगै साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । यो सेवा पहिलो पटक सुरु भएको आयोजकको दाबी छ ।

पछिल्लो समय रिभर ट्यूबिङ्गबारे अहिले धेरैको चासोको छ । पर्यटकहरू ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ ।
पछिल्लो समय ४८ जनाले रिभर ट्युबिङ सेवा लिएका हुन् ।

रिभर ट्युबिङ नेपालका फाउण्डर यमन माझीका अनुसार नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ रिभर ट्यूबिङ सुरु गरिएको बताएका छन् । उनले भने, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं।”
रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ । दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ । पर्यटकहरूको सुविधाका लागि सुरक्षा उपकरण र मेडिकल किटको व्यवस्था समेत गरिएको जनाइएको छ ।

यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकहरूलाई विशेष छुटको व्यवस्था गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।