३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा



ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले शुक्रबार आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो।

रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ।

आज जारी गरेको एक सूचनामा भनिएको छ,‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय भए बमोजिम मिति २०८२/०१/२६ गते तदनुसार ने।सं। ११४५ बछलाथ्व द्वादशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।