३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठग्ने १ युवती पक्राउ



काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा १ युवतीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारीलाई पक्राउ गरेको हो ।

उनले आफूले अध्ययनका लागि क्यानडाको भिसा पाएको र डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै १ युवकबाट २० लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । उनलाई ठगी तथा आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।