ललितखबर
आगोको अगाडि मैनबत्ती पग्लन्छ । यो सबैलाई थाहा भएकै कुरा हो । नेपाली चलचित्रका महानायक राजेश हमाल पनि केटी अगाडि उभिए मैन बत्तीजस्तै पग्लने रहेछन् । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एक महिला पत्रकारको प्रश्नमा भनिदिए ‘तपाई अगाडि आएर उभिनुस् म मैन बत्तीजस्तै पग्लन्छु’
महानायक हमालको स्त्रीद्वेषी टिप्पणीपछि हलमा सहभागीहरुले ताली बजारु हुटिङ गरे । उनलाई पत्रकारले फेरि प्रश्न गरिन्, ‘मधुजीले तपाईलाई घरमा छिर्न दिनु हुन्छ ?’
अनायसै पत्रकारहरुबीच टिप्पणी गर्न पुगेका महानायक हमाल अलमल्लमा परेका देखिन्थे ।
नेपाली चलचित्र क्षेत्रमा लामो योगदान गरेका अभिनेता राजेश हमाललाई ‘महानायक’को सम्मान दिएर पुकारिन्छ । महानायकको सम्मान पाएका उनै राजेश हमाल पछिल्लो सार्वजनिक कार्यक्रममा मर्यादाभन्दा पर पुगेर टिप्पणी गरिरहेको सुन्न सकिन्छ ।
चलचित्रको प्रचारको क्रममा सामाजिक सञ्जालमा भ्युज बटुल्ल चर्चामा आउन विवादास्पद भनाई सार्वजनिक गर्दा बेला बेलामा चर्को आलोचना हुने गरेको छ ।
महानायक हमाल पछिल्लो आठ बर्षपछि चलचित्रमा देखिदैछन्– श्रृसिंह अवतारमार्फत ।
चलचित्रमा महानायक हमालसँगै अभिनेत्री नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको दिवाकर भट्टराईले निर्देशक गरेका हुन् ।
राजधानीमा विहीबार राजधानीमा यस चलचित्रको प्रचार सामाग्री ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्र जेठ ९ गते प्रर्दशनमा आउदैछ ।








प्रतिक्रिया