२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ऊनको स्वीटर’को ‘सरप्राइज’ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक



 

काठमाडौं
पछिल्लो समय चलचित्र भवनहरुमा आक्रामक व्यापारमा गरिरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ ।
दर्शकलाई ‘सरप्राइज’ दिनका लागि निर्माण पक्षले लुकाएर राखेको यो गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य छ ।

चलचित्रका निर्देशक नवीन चौहानले गीतको सार्वजनिक दर्शकको माग अनुसार गरिएको जानकारी दिएका छन् ।

गीतमा सुजन चापागाईँ र सलिना बिकको स्वर छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले हलमा उल्लेखनीय व्यापार गरिरहेको निर्माण पक्षले जानकारी दिएको

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनय हेर्न पाइनछ । चलचित्र ‘ऊनको स्वीटर’ का ट्रेलर, टिजर र गीतहरूजस्ता प्रचार सामाग्री सार्वजनिक भएपछि दर्शकबीच चर्चा र आकर्षण बढेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।