२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो



काठमाडौं । पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म) मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको जनाएको हो ।

बैंकका अनुसार रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधीमा १७.२ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ८ अर्ब ७४ करोड भित्रिएको हो । जुन ७.३ प्रतिशतले वृद्धि भएको हो ।

चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।